News Portal

गौरादहमा एक बृद्धा मृत अवस्थामा फेला

रातोपोस्ट संवाददाता
९४२ पटक

झापा, असोज १२ । झापाको गौरादह- १ स्थित प्रज्वल कलेजियट एकाडेमी नजिकै एक बृद्धा आफनै घर भित्र मृत फेला परेकी छिन । उनको मृत्यु रहस्यमयी भएको बताइएको छ ।

गौरादह नगरपालिका वडा- १ की ६५ बर्षिया मनमाया भण्डारीको घर भित्रको खाटमुनी रक्ताम्य अवस्थामा मृत भेटिएकी हुन् ।

आज बिहानको खाना ढयाङग्रीमा खाएर करिब ११ बजेतिर घर आइपुगेका उनीहरु दुई मध्ये पति भण्डारी दिउँसो पख गौरीगञ्ज तर्फ गएको र साढे ४ बजेतिर घर आउँदा पत्नीलाई खाटमुनी हात बाँधेको अवस्थामा मृत भेटेको बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालासहितको टोली पुगेको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । त्यसबारे अनुसन्धानका लागि धरानबाट प्रहरीले कुकुरसहितको टोली समेत बोलाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्