News Portal

कमल गाउँपालिकामा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन

रातोपोस्ट संवाददाता
८२१ पटक

झापा, असोज १३ । झापा कमल गाउँपालिकाले पाँच शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । अस्पातल उद्घाटन गर्दै प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण बताउदै ‘जनतालाई कसरी स्वस्थ्य राख्ने रु’ भन्नेतिर सरकार लागिपरेको बताए । ‘हामी नागरिक जीवन रक्षाका लागि सक्रिय छौं,’ उनले भने, ‘त्यसैले संवेदनशील भएर लागि परिरहेका हौं ।’

सरकारबाट अस्पताल नभएका स्थानीय तहमा न्यूनतम पाँच शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने निर्देशन भए अनुसार कमल गाउँँपालिकाले प्रदेश १ मा सबैभन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएको हो । हाल, अस्थायी रूपमा सञ्चालनमा ल्याइएको अस्पताल छिट्टै स्थायी बनाउन प्रदेश सरकारले थप आर्थिक सहयोग गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

अस्पताल निर्माणका लागि २१ लाख खर्च भएको कमल गाउँँपालिकाले जनाएको छ । आवश्यक सामग्री खरिद तथा कर्मचारी व्यवस्थापनका लागि संघीय सरकारबाट १४ लाख ५० हजार, प्रदेश सरकारबाट ५ लाख प्राप्त भएको कमल गाउँँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पतालका लागि एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भइसकेको छ । हाल, कमल गाउँँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइन पनि स्थानान्तरण गरी कोभिड अस्पतालमै सञ्चालन गरिने गाउँँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्