News Portal

  • काठमाडौं उपत्यकामा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

    रातोपोस्ट संवाददाता
    ३३३ पटक

    काठमाडौं, असोज १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

    मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइनमार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ । मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ ।

    मन्त्रालयले नुन प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

    मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ । सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)