News Portal

  • मन्त्रिपरिषद बस्दै, मन्त्रीहरुलाई नै थाहा छैन बैठकको एजेन्डा

    रातोपोस्ट संवाददाता
    २८५ पटक

    काठमाडौं, असोज १५ । मन्त्रिपरिषदको नियमित बैठक अहिले बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान १० बजे मन्त्रि परिषद बैठक बस्ने तय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले जानकारी दिए ।

    मन्त्रिहरु बैठकका लागि बालुवाटार पुगेका छन् । आजको बैठकलाई नियमित बैठक भनिए पनि बैठकको एजेण्डाबारे केही बताइएको छैन । बैठकमा केही नियुक्ति तथा दैनिक समस्या समाधानका विषयमा छलफल हुने मन्त्री भुषालले बताए ।

    पछिल्लो केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच नियमित छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएपनि अहिलेसम्म ठोस सहमति बन्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)