रातोपोस्ट संवाददाता

झापा, असोज १५ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका सबै संस्था दर्ता अब मेचीनगर नगरपालिकाबाट नविकरण हुने भएका छन ।
त्यस्तै नयाँ संस्था दर्ता पनि अब मेचीनगर नगरपालिकाबाट नै हुने नगरपालिकाले सार्वजनिका सुचना मार्फत जानकारी गराएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै गैर सरकारी संस्थाहरुलाई नविकरणका लागि असोज मसान्त भित्र सुचीकृत हुन र नविकरण गर्न पनि नगरपालिकाले सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
मेचीनगर नगरपालिकाले संस्था दर्ता ऐन २०७६ र संस्था दर्ता नियमावली २०७७ स्वीकृत गरेकाले अब संस्था दर्ता र नविकरणको काम नगरपालिकाबाट हुने मेचीनगरका सामाजिक विकास शाखा प्रमुख अनन्त प्रकाश वस्तीले बताए ।