News Portal

  • बिहीबार १९११ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

    रातोपोस्ट संवाददाता
    ६५१ पटक

    काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

    योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७२८ पुगेको छ । बिहीबार थप ९६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

    यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा ८१७, ललितपुर ६९ र भक्तपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट म‌ृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)