News Portal

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

रातोपोस्ट संवाददाता
४७६ पटक

काठमाडौं, असोज १५ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समितिले साधारणसभासम्बन्धी पदाधिकारीको निर्णयलाई अनुमोदन गरेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुनेछ । एकपटकमा २५ जनाभन्दा बढी भेला नभई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर चुनाव गर्न सरकारले पनि अनुमति दिइसकेको छ ।

आज बसेको कार्यसमिति बैठकले यसअघि पदाधिकारीले सिफारिस गरेको मिति र चुनावको मोडालिटी अनुमोदन गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् । महासंघको ५४औं साधारणसभा भर्चुअल्ली मार्फत हुनेछ भने चुनाव प्रत्यक्ष रुपमा हुनेछ ।

चुनाव जतिदिन लागे पनि सरकारको निर्देशन र स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेरै हुने अध्यक्ष राणाले बताइन् । “एउटा भेन्युले हुँदैन । दुई(तीनवटा भेन्युमा चुनाव गर्नुपर्ने हुन्छ । भेन्युको निर्णय भएको छैन, खोज्दै छौं,” उनले भनिन् ।

गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्