News Portal

भ्रष्टाचार आरोपित प्रशासकीय अधिकृत सहित तीनजना विप्लव नेकपाकाे जनअदालतमा,तारेखमा छाडियाे।

रातोपोस्ट संवाददाता
७२६ पटक

अछाम ,१६ असाेज।नेत्र विक्रम चन्द”विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी द्वारा गठित जनअदालतले अछामको ढकारी गाउँपालिकाका प्रशासकीय अधिकृत टेक बहादुर वली,वडा अध्यक्ष नहकुल साउद र लेखा अधिकृत नरेन्द्र भट्टलाई जनअदालतमा हाजिर गराई तारेखमा छाडेको छ ।                                               
कोरोना महामारीमा गाउँपालिकाको १ करोड ६० लाख अनियमितता गरेको आरोप लागेका वलीलाई विद्रोही नेकपा द्वारा गठित जनअदालतमा उपस्थिति गराएर जनताको विचमा अनियमितता बारे सोधपुछ गरिएको र तारेखमा छोडिएको नेकपा निकट स्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्