News Portal

मृत्यूको बिद्रोह- “सुमनसिंह पौडेल”

रातोपोस्ट
१६८६ पटक

तिमीले चुस्दा चुस्दा
खोस्टो बनाएर फ्यांकेको
तिम्रो केही काम नआउने
कतै छेउ छाउ पर्यो भने
तिम्रो साईत बिग्रने
तिनीहरु………..

अब त दिक्क भएर
तिम्रो बाटो छेकीरहेका छन्
र,
गर्जीएर भनीरहेका छन्

ए ठुलो जातको मान्छे
हामी सानाहरुलाई उजाडीदेउ
हामी दलीतहरुलाई भष्म गरीदेउ

अब त दिक्क भएर
तिम्रो ढोकामा उभीएका छन्
र, गर्जन पोख्दै भनीरहेका छन्
ए धनी मान्छे
मलाई तिम्रो ढोका मै झुण्ड्याइदेउ
मलाई गोलीले उडाईदेउ

तिमीले हरेक समय
लुट्दा लुट्दा गरेर खोक्रो पारेका
आज तिमी गगनचुम्बी तिर
उ त्यही झुपडीमा छट्पटाएको
कतै तिमीले उसलाई चिन्यौ भने
तिम्रो अभीमानमा दाग लाग्ने
त्यही तिमीले भन्ने गरेको अछुत
अब त असह्य भएर
तिम्रो घर भित्र छिरेको छ
र, जोर जोर ले चिच्याईरहेको छ

उ भनीरहेको छ
मलाई तिम्रो महल भित्रै मारीदेउ
यंही मेरो चिता जलाउ
ए ठुलो जातको मान्छे
मेरो घांटी किचेर मारीदेउ

अब त त्यो गरीब, त्यो दलीत
अनी त्यो दमीत
तिम्रै घर भित्र आईसकेको छ
दिक्क भएर
तिमी संग मृत्यू मागीरहेको छ
किनकी तिमी ठालु हौ
तिमी सभ्रान्त मालीक हौ
ठुलो जातको प्रमाणपत्र तिमीसंग छ

तिमीले मान्छे नमानेकाहरु
सदीऔं देखी
तीम्रा जुत्ताहरुले किच्दै आएकाहरु
तिमीसंग जीवन होईन
अब त मृत्यू मागीरहेका छन्
के
दिन सक्छौ मृत्यू ?

तिमीले रुकुम पश्चीममा दिए जस्तै
कंयौ झुपडी र छाप्राहरुमा दिए जस्तै
तिम्रा यौन कुण्ठाहरु पोख्न
कंयौ निर्वल स्त्रीहरुलाई मृत्यू दिए जस्तै
तिमी संग मृत्यू मागीरहेका
तिम्रो बाटो छेक्दै
तिम्रो घर भित्र आईसकेका हरुलाई
मृत्यू दिन सक्नु पर्छ
के,
दिन सक्छौ मृत्यू ?
यतीबेला तिम्रो अगाडी
कुनै जीवन होईन
मृत्यूले बिद्रोह गरीरहेको छ
तिम्रो अगाडी मृत्यू मडारीइरहेको छ

तिमीले झुपडीहरुमा जिवन देख्न सकेनौ
दलीतहरुमा जीवन छ
यो कहीलै स्वीकार्न तयार भएनौ
तिमीले आफ्नो मात्र जीवन ठान्यौ
फुटपाथमा जीवन देखेनौ
त्यसैले यतीवेला तिम्रो अगाडी
जीवनहरु हेईनन
मूत्यूहरु आन्दोलीत छन्
त्यसैले मृत्यूहरु
पmगत अछुत, हेलीत र हेपीत
दमित जीवन होईन
मृत्यू मागीरहेका छन्
के
दिन सक्छौ मृत्यू ?

निदारमा चन्दन धर्साएर
कथित धर्महरुका पाना पल्टाएर
आंफुलाई बिद्धान बताउंदै
महामहीम मठाधीसहरु
स्वनामधन्य पण्डीतहरु
जानीफकार कहलीएका ठुला टाउकाहरु
फुटपाथहरु प्रती ह्येय लादीरहेका छन्

तिम्रा अहंकारी आत्माहरु
बीभेदका बिशातm हावाहरु फैलाईरहेका छन्
तिम्रा उच्च जातीय प्रमाणपत्रहरु
तिमीले जीवन मान्दै नमानेका
पैतलाबाट जन्म लिएका
तिमीले बतांउदै आएका
कथित शुद्रहरु
अब जीवन होईन महाशय
त्यही मृत्यू मागीरहेका छन्
त्यसैले
यतीबेला तिम्रो अगाडी फगत जीवन होईन
मृत्युले बिद्रोह गरीरहेको छ
के
दिन सक्छौ मृत्यू ?

यदी अब तिमीमा
कुनै चेत नफुर्ने हो भने
तिम्रा अभीमान र अहंकारहरु
तिम्रो उच्च जातीय प्रमाणपत्रहरु
तिमीले निम्त्याएको बिभेद
तिम्रो जीवनमा मडारीएको
कुण्ठा अभीमान र अहंकार
कालो सोच र चिन्तनलाई
मार्न तयार हुंदैनौ यदी तिमी भने
अवश्य यो मृत्युको बिद्रोह
भयानक बन्ने छ
तिमीले सोच्दै नसोचेको परीणाम आउने छ
अवश्य तिम्रो मृत्यू हुने छ
त्यसैले सच्याउ आंफुलाई
गम्भीर बन,
किनकी यतीबेला मुत्यूले बिद्रोह गरीरहेको छ

२०७७९०२९३१ संखुवासभा हिरासत

प्रतिकृया दिनुहोस्