News Portal

  • आईपीएल : हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

    रातोपोस्ट संवाददाता
    ३९९ पटक

    काठमाडौँ,  असोज १७ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा भएको छ ।

    जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गरेको छ।
    शुक्रबार साँझ भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदरावादले दोस्रो जित दर्ता गरेको हो ।

    टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । ​​
    चेन्नेइका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि लक्ष्य भेट्न सकेन । ​

    चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । फाप डु प्लेसिसले २२ रन बनाए भने साम करन १५ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले दुई विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट हात पारे ।
    यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदरावादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।

    यस्तै अविशेक शर्माले ३१, मनिस पाण्डेले २९ र कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।​ चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट हात पारे ।
    योसँगै हैदरावादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)