News Portal

नेकपा सचिवालय बैठक स्थगित्

रातोपोस्ट संवाददाता
३७७ पटक

काठमाडौं, असोज १७ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित् भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित् भएको छ ।

बैठक स्थगित भएको जानकारी प्रचण्डको सचिवालयले अन्य पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिएको छ । आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश ५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने भएको थियो ।

आजको बैठकमा कतिपय नेताहरुले प्रधानमन्त्री ओलीप्रति तिव्र असन्तुष्टि जनाउने तयारी गरेका थिए । बैठकमा चर्काचर्कीको सम्भावना पनि भएपछि स्थगित भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्