News Portal

  • २४ घण्टामा थपिए २१२० जना सङ्क्रमित, २०४४ जना निको

    रातोपोस्ट संवाददाता
    २३२ पटक

    काठमाण्डौ, असोज १७ । नेपालमा गएको २४ घण्टामा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार नौ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)