News Portal

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५०६ पटक

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।रिमालले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी गराएका छन्।

‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु”, उनले ट्विटरमा लेखेका छन्। यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।’

प्रतिकृया दिनुहोस्