News Portal

नाटाको प्रदेश १ को अध्यक्षमा श्रेष्ठ, उत्कृष्ट पत्रकारिता पुरस्कार उप्रेतीलाई

रातोपोस्ट संवाददाता
५६४ पटक

झापा, असोज १८ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश नम्बर १ को अध्यक्षमा उदयकुमार श्रेष्ठ चयन भएका छन् ।

नाटाकाेविर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो ।

प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा सञ्जित तामाङ, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली, धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन भएका छन् ।

पुरस्कार उप्रेतीलाई

यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ ।

नगद १० हजार १ सय ११ रुपैयाँसहित प्रदान गरिएको सम्मान पत्र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नाटाका केन्द्रिय महासचिव सुधिर उपाध्याय र प्रदेश अध्यक्ष भुपालराज श्रेष्ठ लगायतले नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष हेमराज वाँस्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले गरेका थिए भने नाटाका केन्द्रिय महासचिव सुधिर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, फणिन्द्र अधिकारी, राजन श्रेष्ठ, सुमन शर्मा जमरकटट्लेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्