News Portal

थप २२ सय ५३ संक्रमित थपिए, ७ जना संक्रमित मृत्यु

रातोपोस्ट संवाददाता
८१० पटक

काठमाडौं, असोज १८ । नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ५३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्