News Portal

झापामा १९ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ९३१ पुग्यो

रातोपोस्ट संवाददाता
४५३ पटक

झापा, असोज १८ । झापामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारसहित १९ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये १ जना भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोड नगरपालिका–१, ३, ४ र ५ नम्बर वडाका २३ वर्षकादेखि ६३ वर्ष उमेरका २ महिलासहित ८ जना पुरुष, दमक नगरपालिका–१, २, ५, ८ र ९ का २१ वर्षकादेखि ४९ वर्ष उमेर समुहका ४ जना महिलासहित ९ जना पुरुष, कमल गाउँपालिका–४ नम्बर वडाका ३४ वर्षका पुरुष र अर्जुनधारा नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय १ जना पुरुष रहेको बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र १ जना पत्रकारमा कोरोना संक्रमण भएको छ । दमकका १ जना भारतबाट आएका र अन्य सबै संक्रमित स्थानीय रहेको चौलागाईले जानकारी दिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ९३१ पुगेको छ । हालसम्म झापामा ९ जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया दिनुहोस्