News Portal

  • अस्पतालको दोस्रो तलाबाट हाम फालेर आत्महत्या

    रातोपोस्ट संवाददाता
    ३०० पटक

    विराटनगर, असोज १९ । अस्पतालको झ्यालबाट हाम फालेका पुरुषको मृत्यु भएको छ ।

    विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो।

    ‘उहाँ अस्पतालको दोस्रो तलाबाट हाम फाल्नुभएको रहेछ। उपचारकै क्रममा उहाँको सोमबार बिहान मृत्यु भयो,’ एसपी सन्तोष खड्काले बताए

    गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले अनुसार गजमेर फोक्सोका बिरामी रहेको प्रहरीले बताएको छ। उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।

    उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ। उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)