News Portal

  • पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेकाको खोजी सुरु

    रातोपोस्ट संवाददाता
    ४२४ पटक

    झापा, असोज १९ । बिर्तामोडका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखाले जनाएको छ ।

    संक्रमित पत्रकारको सम्पर्क १०० जनाभन्दा बढीसँग भएको प्रारम्भिक जानकारी स्वास्थ्य शाखाले लिएको हो । सम्पर्कमा रहेकामा अधिकांश पत्रकार छन् । झापाको धुलावारीमा होटल मेची क्राउनले बुधबार आयोजना गरेको रात्री भोजसहितको पत्रकार सम्मेलनमा उनको पनि सहभागिता थियो । पत्रकार सम्मेलनमा झापा, मोरङ र सुनसरीका ६२ जना पत्रकार सहभागी थिए ।

    पत्रकार सम्मेलन अघि र पछि होटल परिसरमा फोटो खिच्ने खिचाउने गरिएको थियो । संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।

    चिनजानका आफन्त, मिडिया हाउसका सहकर्मीसँग पनि उनको नियमित सम्पर्क रहेको थियो । उनी संक्रमित भएपछि झापाका पत्रकारको पीसीआर परीक्षण अनिवार्य देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)