News Portal

थप २४ सय ४० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८९ हजार नाघ्यो

रातोपोस्ट संवाददाता
४३६ पटक

काठमाडौं, असोज १९ । नेपालमा थप २४ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २४ सय ४० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६५ हजार २०२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३ रहेको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३१६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ८८ हजार २२९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १२ हजार ३१६ जना रहेका छन् । त्यस्तै देशभर भेन्टिलेटरमा ३४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २४४ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्