News Portal

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना

पुष्कर गुरागाई
९३२ पटक

झापा, असोज १९ । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा- ५ पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ । नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बोर्डर आउट पोष्ट स्थापना गरिएको हो।

आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति डिआईजी वंशिराज दाहालले संयुक्त रूपमा उदघाटन गर्नु भएको थियो । उक्त बि.ओ.पि.मा सशस्त्र प्रहरी निरिक्षको कमाडमा ५० जान रहने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा.का गणपति रमेश कुमार पाण्डेले बताए । सो स्थानमा बि.ओ.पि स्थापना भएसगै सिमा सुरक्षा, चोरी तस्करीको नियन्त्रण हुने बताईएको छ ।

भारत सग सिमा जोडिएको झापाको १४४ कि.मी क्षेत्रमा १८ वटा बि.ओ.पि.रहने छन् । जसमा १० वटा स्थापना भएका छन् । बाकी ८ वटा स्थापनाको चरणमा रहेका छन् । स्थापना भएका बि.ओ.पि. मा काँकरभिट्टा, गौरीगंञ्ज, टागनडुब्बा, केचना, पृथ्वीनगर, बाँहुनडागी, घेराबारी, भागडुब्वा, र कुञ्जिबारी रहेका छन् । यस्तौ ज्यामिगढी, तिरिङ, नकलवदा, सत्तिघटा, पन्थापाडा, महेशपुर , आँपपगाछीमा यसै आर्थिक वष भित्र बि.ओ.बि स्थापना हुने बताईएको छ ।

उद्घाटन कार्यक्रममा कचनकवल गा.पा बडा नं ५ का बडा अध्यक्ष महेशलाल गणेश, जिल्ला प्रहरी झापाका प्रमुख कुष्ण कोइराला, सशस्त्र प्रहरी ३८ गण हे.क्वा. का प्रमुख सुवाश भण्डारी, प्रेम भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्