News Portal

दमक मेयर रोमनाथ ओलीलाई कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
४०३ पटक

झापा, असोज २० । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो। उनकी पत्नी र छोरालाई समेत कोरोना पोजेटिभ देखिएको छ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए। नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ।

प्रतिकृया दिनुहोस्