News Portal

रामेछापमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४०६ पटक

रामेछाप, असोज २० । गएराति रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार राति ९ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो।

काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल लिएर रामेछापको सानो शैलुङ तर्फ आउदै गरेको ना ७ त ८७३ नं को ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ पुडिटारका २७ वर्षीय चालक पेमा लामा र ट्याक्टरमा सवार सोही स्थानका ५५ वर्षीया फुर्वा दोर्जेको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जनाकारी दिए।

प्रतिकृया दिनुहोस्