News Portal

उपत्यकामा काेराेनाबाट ५ जनाकाे मृत्यु,१ हजार १७ जनामा संक्रमण।

रातोपोस्ट संवाददाता
६४१ पटक

काठमाडौं , २० असाेज। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) १ हजार १७ जनामा संक्रमण देखिएको छ भने ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला र ६१, ७७ वर्षीय पुरुष गरी कोरोनाबाट ५ जनाको मृत्यु भएको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अाजमात्र काठमाडौंका ७८३, ललितपुरका ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४  पुगेको हाे।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् भने सक्रिय संक्रमितकाे संख्या २२ हजार ७०९ पुगेकाे छ।
यस्तै अाजमात्र २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको र योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार उपत्यकामा ५ सहित ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५६३ पुगेकाे छ।

प्रतिकृया दिनुहोस्