News Portal

आइपीएलको शीर्ष स्थानमा मुम्बई, राजस्थान ५७ रनले पराजित

रातोपोस्ट संवाददाता
६८५ पटक

काठमाडौं, असोज २१ । आइपीएल अन्तर्गत गए राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ । राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेसँगै मुम्बई इन्डियन्स खेलको शीर्ष स्थानमा उक्लिएको छ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि यो जितका लागि पर्याप्त भएन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । यो जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस्