News Portal

झापामा थप २४ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४९१ पटक

झापा, असोज  २१ । झापामा बुधबार थप २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ जना महिला र १९ जना पुरुष रहेका छन् ।

भद्रपुरका नौ जना पुरुष, बिर्तामोडका तीन महिला र छ पुरुष, अर्जुनधाराका एक पुरुष, गौरादहका एक पुरुष र दुई महिला, कनकाईका एक पुरुष र कचनकवलका एक जना महिला गरेर २४ जनाका संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

योसँगै झापामा कुल कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८३९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १२८ पुगेको छ ।

आजसम्म झापामा २७ हजार ३१८ जनाको पिसिआर परिक्षण भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्