News Portal

एकसय ३१ केजी गाँजासहित एक पक्राउ

रातोपोस्ट संवाददाता
५१९ पटक

पर्सा,२२ असाेज। प्रहरीले पर्साकाे देउरियाबाट बुधबार राती प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालिका ५ देउरियाका राजु ओझैया रहेका छन ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ओझैयाको घरमा छापा मारी लुकाएर राखेकाे एकसय ३१ केजी गाँजासहित ओझैयालाई पक्राउ गरेकाे हो ।

गाँजासहित पक्राउ परेका ओझैयालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।

प्रतिकृया दिनुहोस्