News Portal

  • विप्लव नेकपाका हुम्ला सेक्रेटरी पक्राउ

    रातोपोस्ट संवाददाता
    १३४ पटक

    काठमाण्डाैँ,२२ असाेज। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ ।

    ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा सेक्रेटरी बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले हुम्लाले जनाएको छ । पक्राउ परेका कुम्भ बुढाकाे परिवारका अनुसार प्रहरीले राति घर घेरा हालेर स्थानियलाई समेत आतङ्कित पार्दै गिरफ्तार गरेकाे हाे ।

    नेकपा हुम्लाले सुतिरहेको अवस्थामा बिस्तराबाटै बिनाकारण जिल्ला सेक्रेटरी बुढालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै आपत्ति जनाएकाे छ ।राती गाउँलाई नै आतङ्कित पार्दै घर घेरा हालेर बुढालाई प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै उनका भाइ मिलनले पनि आपत्ति प्रकट गरेका छन् ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण जनजीवन अस्तव्यस्त भइरहेको समयमा अन्य कारबाही स्थगित गरी जनचेतना जगाउने काममा लागिरहेको र घरमै बसिरहेको अवस्थामा बिनाकारण मध्यरातमा गिरफ्तार गरेर सरकारले अशान्ति निम्त्याउन चाहेको भन्दै नेकपा हुम्लाले गिरफ्तार गरिएका सेक्रेटरी बुढालाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्