News Portal

कोरोना संक्रमितको सख्या १ लाख नाघ्यो

रातोपोस्ट संवाददाता
३९५ पटक

काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या १ लाख नाघेको छ । २४ घन्टामा देशभर २०५९   जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) नियमित पत्रकार सम्मेलनमार्फत १ लाख ६ सय ७६ पुगेको जानकारी दिएको हो । आज  २०५९ जना थपिएका संक्रमित मध्ये ७३२ जना महिला र १३ सय २७ जना पुरुष रहेका छन् ।

अहिलेसम्म देशभर संक्रिय संक्रमितको सख्या २७ हजार ५३ रहेको छ । दिन–प्रतिदिन संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकामा थप जोखिम बढेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११ सय १६ जना, ललितपुरका १ सय ६३ जना र भक्तपुरका १ सय ३० जना रहेका छन् । त्यस्तै, कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ६ सय पुगेको छ । आजमात्र १० जना संक्रमितको निधन भएको हो ।

प्रतिकृया दिनुहोस्