News Portal

सन्दीप लामिछाने र अर्का नेपाली खेलाडी लङ्का प्रिमियर लिग ( एलपीएल ) क्रिकेटको ड्राफ्टमा

रातोपोस्ट संवाददाता
६९६ पटक

काठमाँडाै,२३ असाेज। नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अर्का नेपाली खेलाडी सुमन गाैतम  लङ्का प्रिमियर लिग ( एलपीएल ) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन्।

ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने जनाइएकाे छ। सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन्।

सुमन हाल अष्ट्रेलियामा छन भने उनि रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन्।

आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिन्भयो। लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ। श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ। उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन्। रासस

प्रतिकृया दिनुहोस्