News Portal

पछिल्लो २४ घन्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
४७५ पटक

काठमाडौँ,२४ असाेज। पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाकाे मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ भने हालसम्म  मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभरी सक्रिय संक्रमितको संख्या  ३० हजार ८१८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्