News Portal

कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु ‘सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो’

कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु 'सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो', के महामारी भयावह स्थितिमा पुगिसकेको हो?

बीबीसी न्यूज नेपाली
१०६९ पटक

जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

गनी अन्सारी

केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जनस्वास्थ्यका लागि “सुखद सङ्केत नभएकोू उनीहरू बताउँछन्।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

 

यसरी दोबर भयो सङ्क्रमतिको कुल सङ्ख्या। नेपालमा कोरोनाभाइरस । पहिलो सङ्क्रमित भेटिएको २८० दिन पछि कुल सङ्ख्या एक लाख ।
एचभकभलतबतष्यलब िधजष्तभ कउबअभ
भदौ २५ गते सङ्क्रमितको कुल सङ्ख्या ५०,४६५ थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले एक महिनाभित्र नै सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखाउँछ।

नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।बिहीवार सङ्क्रमितको सङ्ख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भयो। थपिएका ४,३६३ सङ्क्रमितमध्ये साढे दुई हजारभन्दा बढी काठमाण्डू उपत्यकाका थिए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

काठमाण्डू उपत्यकामा सङ्क्रितको कुल सङ्ख्या ३७ हजार नाघ्यो। अहिले १६,००० जनामा सक्रिय सङक्रमण।

यो स्थिति कसरी आयो ?
शुक्रवार अपराह्णसम्म विभिन्न जिल्लामा २७,०५३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १६,०३९ जना अर्थात् ५९ प्रतिशत काठमाण्डू उपत्यकामा छन्।

केही दिनयता उल्लेख्य सङ्ख्यामा सङ्क्रमितहरू बढिरहँदा कतिपय विज्ञहरू रोकथाम र नियन्त्रणका सरकारी कदमलाई हेर्दा अहिलेको स्थिति अनपेक्षित नभएकोू बताउँछन्।

सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीले बीबीसी न्यूज नेपालीसित भने, “पानी धेरै उम्लिएर भाँडाबाट पोखिएको जस्तै अहिलेको अवस्था हो, यो स्वाभाविक नै थियो।”

असार महिनाको बीचतिर सङ्क्रमणको दर घटेको नभई सरकारले पीसीआर परीक्षण नै कम गरेका कारण त्यति बेला सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको उनको तर्क छ।

विगतमा भएको कमजोरीका कारण अहिलेको अवस्था आएकोमा जनस्वास्थ्यविद्‌ डा। शरदराज वन्त पनि सहमत देखिन्छन्।

“सङ्क्रमणको गति रोक्ने हामीसँग पर्याप्त अवसर थियो। लकडाउनकै बेला हामीले व्यापक रूपमा परीक्षण, सङ्क्रमितको उचित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गरेको भए अहिलेको जस्तो अवस्था पक्कै आउने थिएन,” बीबीसी न्यूज नेपालीसित कुराकानी गर्दै उनले भने।

तर त्यसपछि पर्याप्त तयारीबिनै लकडाउन हटाउँदा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन पुगेको डा। वन्तको ठम्याइ छ।

उनका अनुसार लकडाउन हट्नासाथ जोखिमबाट मुक्त भयौँ भन्ने हिसाबले सर्वसाधारण नागरिकले पनि जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको खासै पालना नगरेको देखियो। अनुशासनमा नबस्नु सङ्क्रमणको ुआगोमा घ्यू थपेु जस्तो भएको उनको भनाइ छ।

डा। सुवेदीको यस विषयमा समान धारणा छ। “मानिसहरूले अनावश्यक भिडभाड गर्ने गरेको, मास्क नलगाउने र सामाजिक दूरी कायम नगरेको अझै पनि देखिन्छ,” उनले भने।

प्रतिकृया दिनुहोस्