News Portal

६ वर्षीय बालिकालाई बलात्कार गरेकाे आरोपमा एक युवक पक्राउ

रातोपोस्ट संवाददाता
७७४ पटक

बर्दिवास,२४ असाेज। देशभर बालिका बलात्कार र हत्याका घटना बढिरहेका बेला  महोत्तरीको मनरासिस्वा-१ मा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय पिन्ट ठाकुर भुमिहार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ।

गत साउन ११ गते साँझ एक बच्चीलाई आफ्नै घरमा ललाईफकाई बलात्कार गरेका थिए। घटनापछि फरार भएका उनलाई मनरासिस्वा-९ बथनाहा गाउँस्थित भारतीय सिमा नजिकैबाट  प्रहरीले पक्राउ गरेकाे जानकारी दिएकाे छ ।घटनाबारे थप अनुसन्धान भैरहेकाे पनि प्रहरीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्