News Portal

झापामा आज थप २३ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
४३७ पटक

झापा, २४ असोज । झापामा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मेचीनगरमा ७ जना, बिर्तामोडमा ६ जना, भद्रपुरमा २ महिलासहित ३ जना, दमकमा एक महिलासहित ४ जना, कनकाई र अर्जुनधारामा १-१ जना महिला र गौरादहमा एक जना पुरुषमा संक्रमण भएको हो । संक्रमित सबै व्यक्ति स्थानीय बासिन्दा हुन् ।

भद्रपुरका संक्रमित २ जना अस्पतालका कर्मचारी हुन् भने अर्जुनधारा, कनकाई र दमकका संक्रमित व्यक्तिले विराटनगरस्थित विराट मेडिकल कलेजबाट स्वाब संकलन गराएका थिए । गौरादहका व्यक्तिले भने धरानबाट स्वाब संकलन गराएका थिए । मेचीनगरका एक व्यक्तिको ठेगाना ताप्लेजुङ बताइएको छ ।

झापामा एक हजार ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८८९ जना निको भइ घर फर्किसकेका छन्

प्रतिकृया दिनुहोस्