News Portal

  • मेचीनगरबाट ब्राउनसुगरसहित २ जना पक्राऊ

    रातोपोस्ट संवाददाता
    ४३६ पटक

    झापा, २५ असोज । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

    पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर-८ का २० बर्षीय सौगात राई रहेका छन । लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहान ६ बजे पक्राउ गरेको हो ।

    पक्राउ परेसंगै उनीहरूमा माथी चेकजाँच गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)