News Portal

नेपालमा पछिल्लो २४ घन्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३९३ पटक

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घन्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार चार सय २७ जनाको पीसीआर परीक्षण गर्दा थप २०७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित देशभर हालसम्म कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ।

त्यस्तै, आइतबार कोरोनालाइृ जितेर १५ सय ५२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालका कोरोनामुक्त हुनेको संख्या ७५ हजार आठ सय चार पुगेको छ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित निको हुने दर ७० दशमलव ३ प्रतिशत रहेको बताए ।

हाल सक्रिय संक्रमित भने ३१ हजार तीन सय १५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्