News Portal

कोरोना संक्रमणबाट थप २२ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो

रातोपोस्ट संवाददाता
४२९ पटक

काठमाडौं, २५ असोज । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेका छन्।

मृत्यु हुनेमा काठमाडौंको ५ जना रहेका छन् । त्यस्तै, चितवनका ४ जना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरको जना, सुनसरीका दुईजनाको मृत्यु भएको छ।

त्यसैगरी धनकुटा र मकवानपुुरमा एक/ एक जना, सर्लाही, ललितपुर, नुवाकोट र सिन्धपाल्चोकका एक/ एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

योसहित कोरोना संक्रमणको कारण हालसम्म देशभर मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

प्रतिकृया दिनुहोस्