News Portal

झापामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४७० पटक

झापा, २५ असोज । पछिल्लो २४ घण्टामा झापामा थप ५५ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका १९ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

भद्रपुरका १ महिला, २ पुरुष, मेचीनगरका ५ पुरुष, बिर्तामोडका ५ महिला १० पुरुष, गौरादहका एक पुरुष, दमकका ११ महिला १४ पुरुष, बाह्रदशीका एक महिला, झापाका एक पुरुष, शिवशताक्षीका एक महिला, कमलका दुई पुरुष र कन्काईका एक पुरुष गरि ५५ जनाका संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

बिर्तामोडमा संक्रमण पुष्टि भएका मध्ये १० जना स्वास्थ्यकर्मी, भद्रपुरका दुई र मेचीनगरका एक जना बैंकको कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले बताए ।

योसँगै झापामा कुल कोरोना संक्रमितको संख्या एक हजार ११० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८ सय ८९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २०९ पुगेको छ ।

झापामा आजसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्