News Portal

दयालु सन्दीप, त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई  १ लाख रूपैँया सहयाेग

रातोपोस्ट संवाददाता
११२६ पटक

काठमाडौँ,२६ असाेज। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई  १ लाख नेपाली  रुपैयाँ दिएका छन्।

हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका  युवा क्रिकेटर सन्दीप लामिछानेले घाेषणा गरेकाे उक्त रकम  राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले  आइतबार त्रिवि क्रिकेट मैदानमा पुगेर हस्तान्तरण गरेका हुन् । सन्दीपले दुई महिनाअघि क्यारेबियन प्रिमियर लिग खेल्न जानुअघि त्रिविका ग्राउन्ड स्टाफलाई १ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

‘कोरोना महामारीका कारण निम्न आय भएका कर्मचारीहरू बढी मारमा परेकाे,  दसैं–तिहार जस्ता ठूला चाडपर्व  नजिक आइरहेको र उनीहरूले नियमित पारिश्रमिक पनि नपाइरहेको अवस्थामा सानो सहयोगले ठूलो प्रभाव परोस् भनेर सन्दीपको सुझावअनुसार सहयोग हस्तान्तरण गरिएको टेक्निकल एनालिस्ट रमन सिवाकोटीले  जानकारी दिए  ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)