News Portal

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या ६४५ पुग्यो

रातोपोस्ट संवाददाता
४५४ पटक

काठमाडौं, २६ असोज । नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।

यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्