News Portal

प्रधानसेनापति थापा र कतारी राजदूतबीच भेटवार्ता

रातोपोस्ट संवाददाता
७१७ पटक

काठमाडौँ, २६ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलबीच भेटवार्ता भएको छ ।

सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिकृया दिनुहोस्