News Portal

पर्सामा भारतीय महिलाको विभत्स हत्या, मस्जिदबाट पक्राउ परे नेपाली युवक

रातोपोस्ट
६३२ पटक

पर्सा, २७ असाेज। एक भारतीय महिलाको विभत्स हत्या आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश थाना रामकोला ग्राम सुरजपट्टीकी ४० वर्षीया महिला रेहाना भन्ने मैरुन नेसाको हत्या आरोपमा प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–२ का ३० वर्षीय शैफुल खान पैठानलाई पक्राउ गरेको हो।

असोज २१ गते दिउँसो सवा ११ बजे कालिकामाई–४ स्थित गंगोला खोलामा एक महिला मृत भेटिएकी थिइन्। हातखुट्टा कपडाले बाँधिएको, घाँटीमा डोरीले बाँधेको, आँखा कपडाले बेरेको अवस्थामा अपरिचित महिला मृत भेटिएकी थिइन्।

पछि ती महिला आफ्नो आमा भएको भन्दै १८ वर्षीया तरन्नु खातुनले सनाखत गरेकी थिइन्। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले हत्यामा आरोपमा कालिकामाई–२ स्थित मस्जितमा लुकेर बसेको अवस्थामा पैटठानलाई आइतबार पक्राउ गरेको हो।

हत्यापश्चात् उनी हेटौडा उपमहानगरपालिका–४ चिसापानी चोकमा डेरा गरी बस्दै आएका थिए। त्यहाँबाट पनि भागेर भारत प्रवेश गर्न मौका पर्खेर मस्जिदमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।(स्राेतः नेपाल लाइभ)

प्रतिकृया दिनुहोस्