News Portal

  • कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २७८ पटक

    काठमाडौं, २७ असोज ।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट  थप १८ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।

    यस्तै, म‌ंगलबार नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन्।

    प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १५०३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)