News Portal

नारी सञ्चार गृहको अध्यक्षमा शिवाकोटी

रातोपोस्ट संवाददाता
४७३ पटक

झापा, २७ असोज । नारी सञ्चार गृह झापाको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् ।

गृहको मंगलबार विर्तामोडमा आयोजित तेस्रो अधिवेशनबाट शिवाकोटी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । शिवाकोटी पत्रकार महासंघ झापाकी उपाध्यक्ष समेत हुन् । झापाका पत्रकार महिलाहरुको उक्त छाता संगठनको उनी यसअघि उनी उपाध्यक्ष थिइन् ।

समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला र कोषाध्यक्षमा जोसना श्रेष्ठ चयन भएका छन् । यस अघि गृहको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल थिए । विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले सो अधिवेशन तथा छैठौं साधारणसभाको उद्घाटन गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्