रातोपोस्ट संवाददाता

मन्थली,२८ असाेज। रामेछापकाे मन्थली नगरपालिकामा कार्यरत केहि कर्मचारीहरूमा काेराेना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ ।
कोरोना संक्रमणको उच्च जोखिममा परेको मन्थली नगरपालिकाले हिजाे एक सुचना जारी गर्दै कार्तिक २ गतेसम्म मन्थली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हाे ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतद्वारा जारी सूचनामा भनिएको छ,मन्थली नगरपालिकाका केही कर्मचारीहरुमा कोरोना काेभिड १९ पाेजेटिभ देखिएकाले यस नगरपालिका अन्तर्गतकाे ८ न. वडा कार्यालयबाट प्रवाह हुने स्वास्थ्य, विपद र फोहोरव्यवस्थापन जस्ता अत्यावश्यक बाहेकका सबै सेवा असोज २८ गतेबाट कार्तिक २ गतेसम्म बन्द गरिएको व्यहाेरा जानकारी गरिन्छ ।