News Portal

मोरङकाे रंगेलीमा एक पुरूष मृत फेला

रातोपोस्ट संवाददाता
४२२ पटक

रंगेली,२८ असाेज। मोरङकाे रंगेलीमा एक पुरूष मृत फेला परेका छन् । रंगेली- २ दौलतपुर बसाेबास गर्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मंगलबार अपरान्ह दौलतपुर हटिया जान्छु भनेर हिँडेकाे र साँझसम्म घर नफर्किएपछि उनकाे खाेजि शुरू भएकाे थियाे ।

आफन्तहरुले खोजि गर्दा उनलाइ घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुबिरहेकाे अवस्थामा मृत फेला पारेकाे र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्