News Portal

भारतीय सेनापति नेपाल आउँदै, मानार्थ महारथी उपाधी दिइने

रातोपोस्ट संवाददाता
११५२ पटक

काठमाडौं, २८ असाेज। नेपालकाे सिमाक्षेत्रकाे विषयमा विवादित अभिव्यक्ति दिएका भारतका सेनापति मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउने निश्चित भएको र त्यसका लागि जंगीअड्डाले विशेष तयारी थालेको बताइएकाे छ।

प्रधानमन्त्री ओलीको निर्देशनमा परराष्ट्र मन्त्रालयको पहल पछि नरवाणे नेपालको तीन दिने भ्रमणमा आउन लागेका हुन् ।
भारतबाट अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसो बन्दै गएकाे अवस्थामा हुन लागेको सेनापतिको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम समेत रहेकाे छ।

तीन दिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम रहेकाे छ। भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको छ। सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्