News Portal

मेचीनगरका मेयर विमल आयार्यलाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४५५ पटक

झापा, २८ असोज । झापा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोराना संक्रमण पुष्टि भएको छ ।

हिजो (मंगलबार) कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिए ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ । नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होमा आइसोलेसनमा रहेका छन् ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य छ । आज मेचीनगरमा नगरप्रमुखसहित ४ जनामा कोरोना संक्रमण भएको हो ।

प्रतिकृया दिनुहोस्