News Portal

बुधबार थपिए २६३८ जना कोरोना संक्रमित, २१७४ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडौं, २८ असोज । नेपालमा बुधबार थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। संक्रमितमध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६७५ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २१७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्