News Portal

मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रीमा विष्णु पौडेल

रातोपोस्ट संवाददाता
६१९ पटक

काठमाडाैँ, २८ असाेज। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् ।  उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् , भने उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

ओलीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा  लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

हेर्नुस राष्ट्रपतिकाे कार्यालयले जारी गरेकाे कार्यविभाजन सहितकाे नयाँ मन्त्रिपरिषद् पुनर्गठनकाे  विज्ञप्ति।

प्रतिकृया दिनुहोस्