News Portal

गाउँपालिका केन्द्रबारे विवाद हुँदा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

रातोपोस्ट संवाददाता
३०२ पटक

बैतडी, २९ असाेज। बैतडीको सुर्नया गाउँपालिकाको स्थायी कार्यालय ताेक्ने विषयलाई लिएर विवाद उत्पन्न हुँदा झडप समेत भएकाे छ। सुर्नया गाउँपालिकाको केन्द्र अन्यत्र सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि कार्यालयमा तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभरि छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।

उक्त झडपमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपिट समेत भएको छ। सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र उनकाे टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ।

यस्तै झडपमा परेर ५ जना प्रहरी, सङ्घर्षरत पक्षका ६ जना र अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका छन्। घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए। अहिले घटनास्थलमा थप प्रहरी परिचालन गरिएकाे पनि प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्